उत्‍पत्ति 23

23
साराको मृत्यु र चिहान
1१२७ वर्षकी बुढी भइञ्‍जेल सारा बाँचिन्। 2कनान देशको हेब्रोन सहरमा उनी मरिन्। उनको मृत्‍युमा अब्राहामले शोक गरे।
3आफ्‍नी स्‍वास्‍नीको लाश लडिरहेको ठाउँ छोडी उनी हित्तीहरूकहाँ गए र भने, 4#हिब्रू 11:9,13; प्रेरित 7:16“यहाँ तपाईंहरूका बीचमा म एक जना विदेशी बसेको छु, मेरी स्‍वास्‍नी गाड्‍नलाई मलाई केही जमिन बिक्री गर्नुहोस्।”
5-6तिनीहरूले जवाफ दिए, “हाम्रा कुरा सुन्‍नुहोस्, हजुर, हामी तपाईंलाई प्रतापी अगुवा मान्‍दछौं। हामीसँग भएको सबैभन्दा असल चिहानमा तपाईंकी आफ्‍नी पत्‍नी गाड्‍नुहोस्। तपाईंकी पत्‍नी गाड्‍नलाई हामीमध्‍ये कसैले पनि चिहान दिन राजी-खुसी हुनेछ।”
7तब अब्राहामले तिनीहरूलाई दण्‍डवत् गरेर भने, 8“तपाईंहरू मेरी स्‍वास्‍नी यहाँ गाड्‍न दिन राजी हुनुहुन्‍छ भने कृपा गरी सोहोरका छोरा एप्रोनलाई उनको खेतको छेउमा भएको 9मक्‍पेलाको ओडार मलाई किन्‍न दिनुहोस्। यहाँ तपाईंहरूकै सामुन्‍ने त्‍यसको पूरा दाम लिएर त्‍यो ओडार मलाई बेच्‍न भनिदिनुहोस् र त्‍यो चिहानबारीको अधिकार मैले पाऊँ।”
10सहरको मूल-ढोकानिर सभा गर्ने ठाउँमा एप्रोन अरू हित्तीहरूसित बसिरहेको थिए। सबैले सुन्‍ने गरी उनले भने, 11“हजुर, सुन्‍नुहोस्, त्‍यो सम्‍पूर्ण खेत र त्‍यसमा भएका ओडार म तपाईंलाई दिन्‍छु। मेरा दाजुभाइहरूका सामुन्‍ने म त्‍यो तपाईंलाई दिन्‍छु, तपाईंले त्‍यहाँ आफ्‍नी पत्‍नी गाड्‍न सक्‍नुहुन्‍छ।”
12अब्राहामले हित्तीहरूलाई दण्‍डवत् गरे र सबैले सुन्‍ने गरी एप्रोनलाई भने, 13“कृपा गरी मेरो कुरा सुन्‍नुहोस्। म त्‍यो सम्‍पूर्ण खेत किन्‍छु। मैले दिएको दाम लिनुहोस् र म त्‍यहाँ मेरी पत्‍नीलाई गाड्‍नेछु।”
14एप्रोनले उत्तर दिए, 15“हजुर, त्‍यो ठाउँको मोल त चाँदीका ४०० टुक्रा मात्र हो। हाम्रा बीचमा त्‍यो कुरा के हो र? आफ्‍नी पत्‍नी त्‍यहाँ गाड्‍नुहोस्।” 16अब्राहाम राजी भए र एप्रोनले सबैले सुन्‍ने गरी भनेको दाम चार सय चाँदीका टुक्रा व्‍यापारीहरूले चलाउने ओजनअनुसार त्‍यहाँ तौलिदिए।
17त्‍यस प्रकारले मम्रेको पूर्वपट्टि मक्‍पेलामा भएको एप्रोनको जमिन अब्राहामको सम्‍पत्ति भयो। त्‍यसमा खेतबारीमा त्‍यहाँ भएका ओडार र जमिनका किनारसम्‍म लगाएका सबै रूखपातहरू पर्थे। 18त्‍यस सभामा भएका सबै हित्तीहरूले त्‍यसलाई अब्राहामका सम्‍पत्ति भनी मानिलिए।
19तब अब्राहामले आफ्‍नी स्‍वास्‍नी सारालाई कनान देशको त्‍यस ओडारमा गाडे। 20यसरी ओडारसमेत ती हित्तीहरूका सबै चिहान-बारीको रूपमा अब्राहामको सम्‍पत्ति भयो।

تمييز النص

شارك

نسخ

None

هل تريد حفظ أبرز أعمالك على جميع أجهزتك؟ قم بالتسجيل أو تسجيل الدخول