1
हिब्रू 13:5
नेपाली नयाँ संशोधित संस्करण
तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।”
Compare
Explore हिब्रू 13:5
2
हिब्रू 13:8
येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
Explore हिब्रू 13:8
3
हिब्रू 13:6
यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?”
Explore हिब्रू 13:6
4
हिब्रू 13:16
भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।
Explore हिब्रू 13:16
5
हिब्रू 13:15
यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।
Explore हिब्रू 13:15
6
हिब्रू 13:4
सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
Explore हिब्रू 13:4
7
हिब्रू 13:2
परदेशीहरूको अतिथि-सत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरेका छन्।
Explore हिब्रू 13:2
8
हिब्रू 13:20-21
अब भेड़ाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक। जे परमेश्वरलाई मनपर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगानयुग भइरहोस्। आमेन।
Explore हिब्रू 13:20-21
Home
Bible
Plans
Videos