हे मेरो छोरा, यदि तैंले मेरा वचनहरू ग्रहण गरिस्,
र मेरा आज्ञाहरू तेरो मनभित्र राखिस् भने,
बुद्धिका कुराहरू ध्यान दिइस्
र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने,
अन्तर्दृष्टिको लागि पुकारा गरिस्,
र समझशक्ति पाउनलाई चर्को सोरले पुकारिस् भने,
यदि तैंले चाँदीझैँ त्यसलाई खोजिस्,
र गाड़धनझैँ त्यो खनिस् भने,
तैंले परमप्रभुको भय बुझ्नेछस्,
र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।