1
रोमी 12:2
नेपाली नयाँ संशोधित संस्करण
यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
Compare
Explore रोमी 12:2
2
रोमी 12:1
यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
Explore रोमी 12:1
3
रोमी 12:12
आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
Explore रोमी 12:12
4
रोमी 12:21
खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
Explore रोमी 12:21
5
रोमी 12:10
भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
Explore रोमी 12:10
6
रोमी 12:9
प्रेम निष्कपट होस्। जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।
Explore रोमी 12:9
7
रोमी 12:18
हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस।
Explore रोमी 12:18
8
रोमी 12:19
प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
Explore रोमी 12:19
9
रोमी 12:11
जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।
Explore रोमी 12:11
10
रोमी 12:3
किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्।
Explore रोमी 12:3
11
रोमी 12:17
कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ।
Explore रोमी 12:17
12
रोमी 12:16
एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
Explore रोमी 12:16
13
रोमी 12:20
बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”
Explore रोमी 12:20
14
रोमी 12:14-15
तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देओ, नसराप। आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ।
Explore रोमी 12:14-15
15
रोमी 12:13
सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।
Explore रोमी 12:13
16
रोमी 12:4-5
किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं।
Explore रोमी 12:4-5
Home
Bible
Plans
Videos