यसरी यशैया अगमवक्ताले धर्मशास्त्रमा लेखेका यी कुराहरू पूरा हुन आए–
सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्तो भन्दै छन्,
“प्रभु आउनुहुने बाटो तयार पार,
उहाँ हिँड्नुहुने गोरेटाहरू सोझ्याओ!
सबै खोल्सा-खोल्सी पुर्नुपर्छ,
डाँडा-काँडा र पहाडहरू सम्याउनुपर्छ,
घुमाउरो बाटो सोझो र अप्ठ्यारो बाटो सजिलो बनाउनुपर्छ
अनि सबै मानिसहरूले मुक्ति देख्नेछन्।”