येशूले भन्नुभयो, “सबैभन्दा ठूलो आज्ञा यही नै हो ‘हे इस्राएलीहरू हो, सुन! हाम्रा परमप्रभु नै एक मात्र प्रभु हुनुहुन्छ। तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरा हृदय, पूरा प्राण, पूरा मन र पूरा शक्तिले प्रेम गर’। अनि दोस्रो ठूलो आज्ञाचाहिँ यही हो– ‘आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर’। यीभन्दा ठूला अरू कुनै आज्ञा छैनन्।”