यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः
“उजाड स्थानमा कराइरहेको आवाजः
‘परमप्रभुका निम्ति मार्ग तयार पार।
उहाँको पथहरू सोझो पार।
प्रत्येक खाल्डा पुरिनेछ,
अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ,
अप्ठेरा बाटोहरू समतल पारिनेछन,
अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्!’”