यति भनेर आफ्नो दाहिने हातले त्यस हिँड्न नसक्नेलाई समातेर उनले उठाउन थाले, अनि त्यस मानिसको खुट्टा र गोलीगाँठाहरूमा तुरुन्तै बल आयो। अनि त्यो आफ्नो खुट्टाका बलले बुरुक्क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै मन्दिरको आँगनहरूमा गयो।