“हामी जन्मैले यहूदी हौं, र गैरयहूदीझैं पापीहरू होइनौं।” हामी यो जान्दछौं कि, मानिस व्यवस्थाको कामलाई पालन गरेर मात्र धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टमा विश्वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्ट येशूमा विश्वास राखेका छौं। जसद्वारा हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्टमा विश्वास गरेर धर्मी ठहरिएकाछौं, किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन।