१ कोरिन्थी 16
16
परमेश्वरका जनहरूका निम्ति भेटी
1अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू:#रोम १५:२५-२६ 2प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्मा गर्दै राख्नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्। 3अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचयपत्र दिएर तिमीहरूका भेटी लिई यरूशलेम पठाउनेछु। 4तर म पनि जान ठीक देखियो भने तिनीहरू मसँग जानेछन्।
व्यक्तिगत निवेदन
5माकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म माकेडोनिया नै भएर गइरहेछु।#प्रे १९:२१ 6शायद म तिमीहरूकहाँ केही दिन बस्नेछु, अथवा हिउँद पनि बिताउनेछु। त्यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्दोबस्त मिलाइदिन सक्नेछौ। 7यस पाली तिमीहरूसँग एकै छिनको मात्र भेटघाट नगरेर, प्रभुको इच्छा भयो भने, केही समय बिताउने आशा मैले राखेको छु। 8तर पेन्तिकोसको चाड़सम्म म एफिससमा बस्नेछु।#प्रे १९:८-१० #लेवी २३:१५-२१; व्य १६:९-११ 9किनभने प्रभावशाली कामको एउटा ठूलो ढोका मेरो निम्ति खोलिएको छ, अनि विरोध गर्नेहरू पनि धेरै छन्।
10तिमोथी तिमीहरूकहाँ आउँदा तिनलाई तिमीहरूका साथ निष्फिक्री बस्न देओ। किनकि तिनले पनि मैले जस्तै प्रभुको काम गरिरहेछन्।#१ कोर ४:१७ 11यसकारण कसैले तिनको अवहेलना नगरोस्। तर शान्तिसँग तिनलाई आफ्नो यात्रामा पठाइदेओ, र तिनी मकहाँ आऊन्। किनभने भाइहरूसँग आउँछन् भनी म तिनको प्रतीक्षा गर्दछु।
12अब भाइ अपोल्लोसको विषयमा मलाई यो भन्नु छ, कि मैले तिनलाई अरू भाइहरूसँग मिली तिमीहरूसँग भेटघाट गर्ने निक्कै आग्रह गरेथें, तर अहिले आउन तिनलाई बिलकुलै इच्छा भएन। तर मौका पाउनासाथ तिनी आउनेछन्।
13सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन। 14जे गर्छौ ती सबै प्रेममा गरिएका होऊन्।
15भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्तिफनासका घराना अखैयामा विश्वास गर्नेहरूमा प्रथम हुन्। तिनीहरूले सन्तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्।#१ कोर १:१६ 16यस्ताहरू र यस्तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु। 17स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित भएँ, किनकि तिमीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए। 18किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्मालाई पनि उत्साहित तुल्याए। यस्ता मानिसहरूको कदर गर।
आखिरी अभिवादन
19एशियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएका मण्डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्।#प्रे १८:२ 20सबै भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई पवित्र चुम्बनले अभिवादन गर।
21म पावल, आफ्नै हातले यो 22अभिवादन लेख्दैछु। कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्। हे हाम्रा प्रभु, आउनुहोस्!
23प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग होस्।
24ख्रीष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन।
Currently Selected:
१ कोरिन्थी 16: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: