आमोस पुस्तक परिचय
पुस्तक परिचय
बाइबलका अगमवक्ताहरूमध्ये आमोस पहिलो हुन्, जसको संवाद व्यापक रूपले लेखिएको छ। तिनी यहूदा देशको एउटा सहरबाट आएका थिए, तापनि तिनले उत्तरपट्टिको इस्राएल राज्यका मानिसहरूका बीच प्रचार गरे। यो ख्रीष्ट जन्मनुभन्दा करिब ७५० वर्षअघि तिरको घटना हो। त्यो समय त्यस देशमा ठूलो उन्नति र देख्नमा ठूलो धार्मिक-भक्ति र सुरक्षाको समय थियो। तर आमोसले यो देखे कि दरिद्रमाथि भएको अन्याय र सतावटले धनीहरूले लाभ र फाइदा उठाई तिनको आनन्द भोगेका थिए। साँचो मनले धर्मका रीति-विधिको पालन हुँदैनथ्यो र सुरक्षाचाहिँ हेर्दा त छ जस्तो तर वास्तवमा थिएन। ठूलो साहस र जोश लिएर तिनले यस देशका मानिसलाई परमेश्वरले सजाय दिनुहुनेछ भनी प्रचार गरे। न्याय “खोला झैँ बग्नुपर्छ,” भनी तिनले सोर उचाल्थे। तिनी भन्थे, “यस जातिका मानिसहरू, जो अहिलेसम्म बाँचिरहेका छन् तिनीहरूमाथि सायद परमप्रभुले कृपा गर्नुहुनेछ” (५:१५)।
संक्षिप्त विषय-सूची
इस्राएलका छिमेकी राज्यहरूमाथि परमेश्वरको न्याय १:१—२:५
इस्राएलमाथि परमेश्वरको न्याय २:६—६:१४
पाँच वटा दर्शनहरू ७:१—९:१५
Currently Selected:
आमोस पुस्तक परिचय: सरल नेपाली
Highlight
Share
Copy
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fen.png&w=128&q=75)
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.