YouVersion Logo
Search Icon

हितोपदेश 2

2
बुद्धिका इनामहरू
1ए मेरो छोरो, मैले सिकाएको कुरा सिक् र मैले भनेको काम कहिल्‍यै नबिर्सी। 2बुद्धिको कुरा सुन् र त्‍यसलाई बुझ्‍ने कोसिस गर्‌। 3हो, बुद्धि माग् र अन्‍तर्दृष्‍टिको निम्‍ति बिन्‍ती गर्‌। 4चाँदी वा कुनै गाडधन खोजेझैँ त्‍यसको खोजी गर्‌। 5त्‍यसो गरिस् भने परमप्रभुको भय मान्‍नु भनेको के हो, त्यो बुझ्‍नेछस् र तैँले परमेश्‍वरको ज्ञान प्राप्‍त गर्नेछस्। 6बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्‍छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्। 7उहाँले नै धर्मी र इमानदार मानिसहरूलाई सुरक्षा र विजय दिनुहुन्‍छ। 8उहाँले अरूसित न्‍यायको व्‍यवहार गर्नेहरूलाई रक्षा गर्नुहुन्‍छ र आफ्‍ना भक्तजनहरूको रेखदेख गर्नुहुन्‍छ।
9तैँले मेरा कुरा सुनिस् भने कुन कुरा ठीक, न्‍यायपूर्ण र सोझा छन्, ती तैँले बुझ्‍नेछस् र आफ्‍नो कर्तव्‍य जान्‍नेछस्। 10तँ बुद्धिमान् बन्‍नेछस् र आफ्‍नो ज्ञानमा आनन्‍द पाउनेछस्। 11तेरा अन्‍तर्दृष्‍टि र समझशक्तिले तेरो रक्षा गर्नेछन्। 12अनि तिनले दुष्‍कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्‍ना बोलीद्वारा अशान्‍ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्। 13त्‍यस्‍ता मानिसहरू धर्मी जीवन त्‍यागी पापको अन्‍धकारमा बास गर्छन् 14र खराबी गर्न र विवेकहीन दुष्‍ट्याइँमा आनन्‍द लिन्‍छन्, 15र भर पर्न नसकिने अविश्‍वासीहरू हुन्‍छन्।
16चाप्‍लुसी कुराले लोभ्‍याएर तेरो चरित्र नष्‍ट गर्न खोज्‍ने व्‍यभिचारिणी स्‍त्रीको तैंले सामना गर्न सक्‍नेछस्– 17जुन स्‍त्रीले आफ्‍ना लोग्‍नेसित विश्‍वासघात गर्दछे र आफ्‍नो पवित्र शपथ भुल्‍दछे। 18तँ त्‍यस स्‍त्रीको घर गइस् भने मृत्‍युमा पुग्‍नेछस्, त्‍यहाँ जानु नै मृत्‍यु-लोकमा जानु हो। 19त्‍यसकहाँ जाने कोही पनि फर्की आउँदैन अथवा त्‍यसले जीवनको मार्ग फेरि पहिल्‍याउन सक्‍दैन। 20यसैकारण तैँले असल मानिसहरूको चालमा चल्‍नुपर्छ र धर्मी जीवन बिताउनुपर्छ। 21धर्मी र इमानदार मानिसहरू यस देशमा बास गर्नेछन्। 22परमेश्‍वरले दुष्‍टहरूलाई देशबाट हटाउनुहुनेछ अनि पापीहरूलाई झार उखेलेझैँ जरैसमेत उखेल्‍नुहुनेछ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in