हितोपदेश 28
28
1कसैले नखेद्दा पनि दुष्ट भाग्दछ तर इमानदार मानिस सिंहजस्तै आँटिलो हुन्छ।
2एउटा जातिले पाप गरे त्यसका शासक बदलिरहन्छ। तर त्यसका शासकहरू र समझदार भए जाति बलियो र दिगो भइरहन्छ।
3दरिद्रहरूलाई सताउने अधिकारी अन्नबाली विनाश गर्ने मुसुलधारे बृष्टिजस्तै हो।
4तिमीले व्यवस्था मान्दैनौ भने दुष्टहरूपट्टि लागेका छौ तर व्यवस्था मान्छौ भने तिनीहरूको विरोध गर्दछौ।
5दुष्टहरूले न्याय के कुरा हो, जान्दैनन्,
तर परमप्रभुलाई दण्डवत् गर्नेहरूले न्याय बुझ्दछन्।
6धनी र बेइमानी हुनुभन्दा गरीब र इमानदार हुनु असल हो।
7व्यवस्था पालन गर्ने युवक बुद्धिमान् हुन्छ। घिचुवा मानिसहरूसित मित्रता गर्ने छोराले आफ्ना बुबाको अपमान गर्दछ।
8जसले ब्याज लिएर मानिसबाट अनुचित लाभ उठाई धन बटुल्दछ, त्यसको धन गरीबमाथि दया गर्नेले पाउनेछ।
9व्यवस्था नमान्ने मानिसको प्रार्थना परमेश्वरको निम्ति घिनलाग्दो हुन्छ।
10जसले चलाकी गरेर सिधा-साधा मानिसलाई दुष्ट चालमा हिँड्न लगाउँदछ, त्यो आफूले खनेको खाडलमा आफैं पर्छ। तर निर्दोषले असल इनाम पाउनेछ।
11धनी मानिसहरूले आफैंलाई बुद्धिमान् ठान्छ तर अन्तर्दृष्टि भएको गरीब मानिसले त्यो बुझिहाल्छ।
12धर्मी मानिसहरूले अधिकार पाउँदा सबै खुसी हुन्छन् तर दुष्ट मानिसहरूले अधिकार पाउँदा मानिसहरू लुक्छन्।
13आफ्ना पापहरू लुकायौ भने जीवनमा तिम्रो उन्नति हुनेछैन। तर त्यसमा कायल भई छोड्यौ भने तिमीले दया पाउनेछौ।
14सधैँ परमप्रभुको आज्ञापालन गर र तिमी खुसी रहनेछौ तर अट्टेरी गर्यौ भने तिमी नाश हुनेछौ।
15दुष्ट राजाको शासनमा गरीबहरू असहाय हुन्छन्, त्यस्तो राजा गर्जने सिंह वा शिकारको खोजमा निस्केको भालुजस्तै डरलाग्दो हुन्छ।
16विवेक नभएको शासक निष्ठुर अत्याचारी हुन्छ तर बेइमानी घृणा गर्ने शासकले लामो समय राज्य गर्छ।
17आफ्नै विवेकले सताइएको ज्यानमारा नमरुञ्जेल भागी हिँड्नुपर्छ। त्यसलाई कसैले सहायता नगरोस्।
18इमानदार मानिस सधैँ सुरक्षित रहन्छ तर बेइमानी अचानक लड्दछ।
19परिश्रमी किसानसित प्रशस्त खाने अन्न हुन्छ। तर समय खेर फाल्ने मानिसहरू सधैँ दरिद्र रहन्छन्।
20इमानदार मानिसहरूले फलिफाप र खुसी जीवन बिताउनेछन् तर छिट्टै धनी हुन खोज्नेले दण्ड भोग्नुपर्नेछ।
21पक्षपात गर्नु ठीक होइन तर केही न्यायाधीशहरूले अलिकता घुसले न्याय बिर्गादछन्।
22स्वार्थी मानिसहरू धनी बन्न यति हतारिन्छन् कि आफूमाथि दरिद्रता आइलागेको चालै पाउँदैन।
23कसैलाई हकारेर सुधार्नेले त्यसलाई सर्काउनेले भन्दा धेरै धन्यवाद पाउँदछ।
24आफ्ना आमा-बुबाबाट चोर्नुमा केही दोष नदेख्ने साधारण चोरजस्तै हो।
25लोभी मानिसले झगडा लाउँछ, बरु परमप्रभुमाथि भरोसा गर्नाले फलिफाप हुन्छ।
26आफ्नै बुद्धिमा मात्र हिँड्नु मूर्खता हो, आफूभन्दा बुद्धिमान् मानिसहरूको अर्तीमा हिँडेर आफैंलाई सुरक्षित राख।
27गरीबलाई दान दिनेलाई कहिल्यै अभाव हुँदैन तर तिनीहरूको वास्ता नगर्नेले धेरै जनाको सराप पाउँदछ।
28दुष्ट मानिसहरूका हातमा अधिकार आउँदा मानिसहरू लुकेर बस्छन्। तर तिनीहरूका हातबाट अधिकार खोसिंदा धर्मीहरूको हातमा शासन पर्दछ।
Currently Selected:
हितोपदेश 28: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.