YouVersion Logo
Search Icon

हितोपदेश पुस्‍तक परिचय

पुस्‍तक परिचय
हितोपदेशको पुस्‍तक उखान र शक्तिहरूका रूपमा एउटा धार्मिक र नैतिक शिक्षाहरूको सङ्कलन हो। यसमा धेरैजसो दिन-दिनका व्‍यावहारिक कुराहरूको सम्‍बन्‍धमा लेखिएको छ। “ज्ञान प्राप्‍त गर्न पहिले परमप्रभुप्रति सम्‍मान राख्‍नुपर्छ” भन्‍ने कुराको याद दिलाउँदै यो पुस्‍तक सुरु हुन्‍छ र त्‍यसपछि धार्मिक नीतिका कुरा मात्र होइन तर साधारण विवेक-बुद्धि र सदाचारका कुरातिर अघि बढ्‌छ। विशेष समय र परिस्‍थितिअनुसार एउटा बुद्धिमान् व्‍यक्तिले कसो गर्छ वा गर्नुपर्छ भन्‍ने कुरा धेरै छोटा-छोटा उक्तिहरूद्वारा यस पुस्‍तकमा भनिएको छ। यसमा कति कुरा पारिवारिक सम्‍बन्‍ध र कारवाहीमा व्‍यवहारिक आचरणबारे, अरू कति सामाजिक शिष्‍टाचार र अझ अरू कति आत्‍म-संयमबारे लेखिएका छन्। नम्रता, धैर्य, दरिद्रप्रति स्‍नेह र मित्रताबारे पनि धेरै उल्‍लेख छ।
संक्षिप्‍त विषय-सूची
बुद्धिको प्रशंसा १:१—९:१८
सोलोमनका उखान १०:१—२९:२७
आगूरका नीतिवचन ३०:१-३३
अन्‍य उक्तिहरू ३१:१-३१

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in