YouVersion Logo
Search Icon

भजनसंग्रह 8

8
परमेश्‍वरको महिमा र मानिसको मर्यादा
1हे परमप्रभु हाम्रा प्रभु!
तपाईंको महान्‌ता सारा संसारमा देखिन्‍छ!
तपाईंको प्रशंसा स्‍वर्गसम्‍म पुग्‍छ। 2#मत्ती 21:16तपाईंको प्रशंसा साना बालकहरू र दूध खाने बालकहरूबाट तपाईंको प्रशंसा हुन्‍छ।
आफ्‍ना सारा शत्रुदेखि तपाईं सुरक्षित र कुशल हुनुहुन्‍छ,
तपाईंको विरोध गर्नेहरू हरेकलाई तपाईंले बढ्‍न दिनुहुन्‍न।
3तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु
र तपाईंले बसाल्‍नुभएका जून र ताराहरू जब म हेर्दछु,
4 # अय्‍यूब 7:17,18; भजनसंग्रह 144:3; हिब्रू 2:6-8 मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्‍नुहुन्‍छ?
मरणशील मानिसलाई किन तपाईंले उसको वास्‍ता गर्नुहुन्‍छ?
5तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्‍तरको बनाउनुभयो
र उसलाई मान र गौरव दिनुभयो।
6 # १ कोरिन्थी 15:27; एफिसी 1:22; हिब्रू 2:8 आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो,
तपाईंले उसलाई आफ्‍ना सारा सृष्‍टिमाथि अधिकार दिनुभयो।
7भेडा-बाख्रा, गाई-वस्‍तु, जङ्गली पशु र पक्षीहरू,
8माछा र समुद्रका सबै जन्‍तुहरूमाथि
तपाईंले उसलाई अधिकार दिनुभयो।
9हे परमप्रभु, हाम्रा प्रभु।
तपाईंको महान्‌ता सारा संसारमा देखिन्‍छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in