1
लूका 18:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तिनीहरूले सधैँ प्रार्थना गरिरहनुपर्छ र हिम्मत हार्नुहुँदैन भन्ने कुरा दर्शाउन येशूले चेलाहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
Compara
Explorar लूका 18:1
2
लूका 18:7-8
तब के परमेश्वरले दिनरात उहाँलाई पुकार्ने उहाँका चुनिएकाहरूको न्याय गर्नुहुनेछैन र? के उहाँ तिनीहरूलाई ढिलो गरी पन्छाइरहनुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूको झट्टै न्याय गर्नुहुन्छ। तापनि जब मानिसको पुत्र आउनेछ, तब के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
Explorar लूका 18:7-8
3
लूका 18:27
येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।”
Explorar लूका 18:27
4
लूका 18:4-5
“केही समयसम्म त तिनले इन्कार गरे; तर पछि तिनले आफ्नो मनमा भन्न लागे, ‘म परमेश्वरको डर मान्दिनँ, र मानिसहरूको वास्ता पनि गर्दिनँ; तापनि यस विधवाले मलाई हैरान पारिरहेकी हुनाले म त्यसलाई न्याय दिलाउनेछु, ताकि त्यसले घरी-घरी आएर मलाई हैरान नबनाओस्!’ ”
Explorar लूका 18:4-5
5
लूका 18:17
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
Explorar लूका 18:17
6
लूका 18:16
तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्वरको राज्य यस्तैहरूका लागि हो।
Explorar लूका 18:16
7
लूका 18:42
येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
Explorar लूका 18:42
8
लूका 18:19
येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्वरबाहेक अरू कोही पनि असल छैन।
Explorar लूका 18:19
Inici
La Bíblia
Plans
Vídeos