उत्‍पत्ति 15

15
अब्रामसित परमेश्‍वरको करार
1त्‍यसपछि अब्रामले एउटा दर्शन पाए र परमप्रभुले यसो भन्‍नुभएको सुने, “अब्राम, नडरा, म तँलाई खतरादेखि जोगाउनेछु र ठूलो इनाम दिनेछु।”
2तर अब्रामले उत्तर दिए, “सार्वभौम परमप्रभु, मेरा बालबच्‍चा छैनन्, तपाईंको इनामले मलाई के राम्रो हुन्‍छ र? म पछिको हकदार दमस्‍कसको एलीएजर मात्र छ। 3तपाईंले मलाई सन्‍तान दिनुभएको छैन, मेरो एउटा कमारो मेरो सम्‍पत्तिमाथि हकदार बन्‍नेछ।”
4परमप्रभुले यसो भन्‍नुभएको उनले सुने, “यो कमारो एलीएजर तेरो धन-सम्‍पत्तिको हकवाला बन्‍नेछैन, तेरो छोरो तिनको हकदार हुनेछ।” 5#रोमी 4:18; हिब्रू 11:12परमप्रभुले उनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशमा हेर्‌ र ताराहरू गन्‍ने चेष्‍टा गर्‌, तेरा सन्‍तान तारा जतिकै हुनेछन्।”
6 # रोमी 4:3; गलाती 3:6; याकूब 2:23 अब्रामले परमप्रभुमाथि आफ्‍नो भरोसा राखे। त्‍यसकारण परमप्रभु उनीसित प्रसन्‍न हुनुभयो र उनलाई ग्रहण गर्नुभयो।
7तब परमप्रभुले उनलाई भन्‍नुभयो, “बेबिलोनको ऊरदेखि तँलाई निकाली ल्‍याएर यो देश दिने परमप्रभु म नै हुँ।”
8तर अब्रामले सोधे, “सार्वभौम परमप्रभु, यस्‍तो हुनेछ भनी मैले कसरी जान्‍न सक्‍छु?”
9उहाँले उत्तर दिनुभयो, “मकहाँ तीनवर्षे एउटी गाई, एउटी बाख्री र एउटा साँढ-भेडा अनि एउटा ढुकुर र एउटा परेवा ले।” 10अब्रामले ती सबै परमेश्‍वरकहाँ ल्‍याए, आधा-आधा गरी दुई फ्‍याक पारे र ती टुक्राहरू आमुन्‍ने-सामुन्‍ने गरेर दुई पङ्‍क्तिमा राखिदिए। तर चराहरूचाहिँ काटेनन्। 11ती पशु-पंक्षीमाथि गिद्धहरू झम्‍टी आउँदा अब्रामले तिनलाई धपाए।
12 # अय्‍यूब 4:13,14 सूर्य अस्‍ताउन लाग्‍दा अब्राम घोर निद्रामा परे अनि डर र त्रास उनीमाथि आइलागे। 13#प्रस्‍थान 1:1-14; प्रेरित 7:6परमप्रभुले उनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू अर्काको देशमा परदेशी हुनेछन्, त्‍यहाँ तिनीहरू कमारा बनाइनेछन् र चार सय वर्षसम्‍म तिनीहरूमाथि अत्‍याचार गरिनेछ। 14#प्रस्‍थान 12:40,41; प्रेरित 7:7तर तिनलाई कमारा बनाउने जातिलाई म दण्‍ड दिनेछु र त्‍यो परदेशबाट तिनीहरू निस्‍कँदा आफूसँग धेरै धन-सम्‍पत्ति लिई आउनेछन्। 15तँ आफैं बुढेसकालसम्‍म बाँच्‍नेछस्, शान्‍तिसित मर्नेछस् र गाडिनेछस्। 16चार पुस्‍तापछि मात्र तेरा सन्‍तान यहाँ आउनेछन् किनभने एमोरीहरू अति दुष्‍ट भएर दण्‍डका योग्‍य नभइञ्‍जेल म तिनहरूलाई धपाउनेछैनँ।”
17सूर्य अस्‍तायो र अँध्‍यारो भयो। अचानक एउटा धुवाँ निस्‍किरहेको आगोको मकल र बलिरहेको राँको देखियो र त्यो जनावरहरूका मासुका टुक्राहरूका बीचमा भएर गयो। 18#प्रेरित 7:5तब तुरुन्‍तै परमेश्‍वरले त्‍यहाँ अब्रामसँग एउटा करार बाँध्‍नुभयो। उहाँले भन्‍नुभयो, “म तेरो वंशलाई मिश्रका सिमानादेखि यूफ्रेटिस नदीसम्‍म रहेका 19केनी, कनज्‍जी, कदमोनी, 20हित्ती, परिज्‍जी, रपाई, 21एमोरी, कनानी गिर्गाशी र यबूसीहरूका देशहरसमेत दिनेछु।”

Markering

Del

Kopiér

None

Vil du have dine markeringer gemt på tværs af alle dine enheder? Tilmeld dig eller log ind