प्रेरित 1:10-11
प्रेरित 1:10-11 सरल नेपाली
तिनीहरूले आकाशतिर एकोहोरो भएर हेरिरहँदा सेता लुगा लगाएका दुई जना मानिसहरू एक्कासि तिनीहरूकै अघि उभिए। तिनीहरूले भने, “ए गालीलका मानिस हो, तिमीहरू किन उभिएर आकाशतिर हेर्दै छौ? येशू त स्वर्गमा जानुभयो। उहाँलाई जसरी तिमीहरूले अहिले गइरहेका देख्यौ, त्यसरी नै उहाँ फेरि कुनै दिन फर्की आउनुहुनेछ।”