1
लूका 17:19
नेपाली समकालीन संस्करण
त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “उठ र जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
Comparar
Explorar लूका 17:19
2
लूका 17:4
अनि त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
Explorar लूका 17:4
3
लूका 17:15-16
तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। अनि ऊ येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्यो एक सामरी थियो।
Explorar लूका 17:15-16
4
लूका 17:3
त्यसकारण आफैलाई जाँच गर। “यदि तिम्रा भाइले पाप गर्यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्चात्ताप गर्यो भने त्यसलाई क्षमा गर।
Explorar लूका 17:3
5
लूका 17:17
येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौजना कहाँ छन्?
Explorar लूका 17:17
6
लूका 17:6
उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यो किम्बुको रूखलाई ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्न सक्छौ, र यसले तिम्रो आज्ञा मान्नेछ।
Explorar लूका 17:6
7
लूका 17:33
जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ।
Explorar लूका 17:33
8
लूका 17:1-2
येशूले उहाँका चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लाउने ठक्करहरू त आउनु वाध्य नै छ, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्। यी सानाहरूमध्ये एकजनालाई पाप गर्न लाउनुभन्दा त त्यसलाई एउटा जाँतो त्यसको घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो।
Explorar लूका 17:1-2
9
लूका 17:26-27
“नूहको दिनमा जस्तो भएको थियो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ। नूह जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका र गराइँदैथिए। तब जलप्रलय आयो र तिनीहरू सबैलाई नष्ट पार्यो।
Explorar लूका 17:26-27
Inicio
Biblia
Planes
Vídeos