1
मत्ती 13:23
नेपाली समकालीन संस्करण
तर असल जमिनमा परेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ अनि बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”
Comparar
Explorar मत्ती 13:23
2
मत्ती 13:22
काँडाहरूमा परेको बीउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन् र त्यो फलहीन हुन्छ।
Explorar मत्ती 13:22
3
मत्ती 13:19
कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्ट आएर उसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बीउ यही हो।
Explorar मत्ती 13:19
4
मत्ती 13:20-21
ढुङ्गेनी जमिनमा खसेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। तर तिनीहरूका जरा नभएकाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तिनीहरू झट्टै पछि हट्छन्।
Explorar मत्ती 13:20-21
5
मत्ती 13:44
“स्वर्गको राज्य खेतमा लुकाइ राखिएको गाडधनजस्तो हो। जब एकजना मानिसले त्यसलाई भेट्टायो, त्यसले फेरि लुकाइ राख्यो, अनि आनन्दसाथ गएर आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो।
Explorar मत्ती 13:44
6
मत्ती 13:8
अरू बीउहरूचाहिँ असल जमिनमा परे, जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्न फलाए।
Explorar मत्ती 13:8
7
मत्ती 13:30
कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ”
Explorar मत्ती 13:30
Inicio
Biblia
Planes
Vídeos