दाऊदले अबीशै र आफ्ना सबै अधिकारीहरूलाई भने, “यदि मेरो छोरा, मेरो आफ्नै छोराले मलाई मार्न खोज्छ भने यस बेन्यामीनी त के कुरा गर्नु? त्यसलाई छोड़िदेओ। त्यसले सरापोस्। किनभने परमप्रभुले नै त्यसलाई त्यसो गर्नू भनी भन्नुभएको होला। शायद आजको दिन मलाई यो सरापको सट्टा परमप्रभुले मेरो कष्ट हेर्नुहुनेछ र मलाई आशिष् दिनुहुनेछ।”