तब उनले एस्तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्ये तिमी मात्रै बाँच्नेछौ। यस्तो बेलामा तिमी चूपै लागी बस्यौ भने यहूदीहरूका निम्ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्ट हुनेछन्। शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”