1
एस्तर 6:1-2
नेपाली नयाँ संशोधित संस्करण
त्यस रात राजालाई निद्रै लागेन। उनले आफ्नो राज्यकालका विवरण भएको इतिहासको पुस्तक ल्याएर पढ़िसुनाउने हुकुम गरे, र त्यो राजालाई पढ़ेर सुनाइयो। त्यसमा दुई जना ढोके, बिग्थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्यन्त्र गरेका र मोर्दकैले त्यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।
तुलना
अन्वेषण गर्नुहोस् एस्तर 6:1-2
2
एस्तर 6:6
जब हामान भित्र आए, तब राजाले तिनलाई सोधे, “राजा आफैले सम्मान दिन इच्छा गरेको मानिसलाई के गर्नुपर्छ?” हामानले मनमनै सोचे, “मबाहेक राजाले अरू कसलाई सम्मान दिन इच्छा गर्नुभएको होला र?”
अन्वेषण गर्नुहोस् एस्तर 6:6
3
एस्तर 6:10
तब राजाले हामानलाई भने, “झट्टै गएर तिमीले भनेझैँ पोशाक र घोड़ा ल्याऊ, र यहूदी मोर्दकैको निम्ति त्यसै गर। उनी दरबारको मूल ढोकामा रहन्छन्। तिमीले भनेबमोजिम सबै कुरामध्ये केही नछुटोस्।”
अन्वेषण गर्नुहोस् एस्तर 6:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू