1
यशैया 45:3
नेपाली नयाँ संशोधित संस्करण
म परमप्रभु हुँ, म नै इस्राएलका परमेश्वर हुँ, मैले नै तँलाई तेरो नाउँ काढ़ेर बोलाएको छु भनेर तैंले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 45:3
2
यशैया 45:2
म तेरो अगिअगि जानेछु, र पर्वतहरूलाई समतल पार्नेछु। काँसाका ढोकाहरू म टुक्रा-टुक्रा पार्नेछु, र फलामका बारहरू काट्नेछु।
अन्वेषण गर्नुहोस् यशैया 45:2
3
यशैया 45:5-6
म परमप्रभु हुँ, अनि मबाहेक अरू कोही छैन। मबाहेक अरू कोही परमेश्वर छैन। तैंले मलाई स्वीकार नगरेको भए तापनि म तँलाई बलियो पार्नेछु, ताकि सूर्योदयदेखि लिएर सूर्यास्तसम्म मानिसहरूले जानून् कि मबाहेक अरू कोही छैन। म परमप्रभु हुँ, र मबाहेक अरू कोही छैन।
अन्वेषण गर्नुहोस् यशैया 45:5-6
4
यशैया 45:7
मैले उज्यालो बनाएँ, र अँध्यारोलाई सृष्टि गरें। म उन्नति ल्याउँछु, र संहार सृष्टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु।
अन्वेषण गर्नुहोस् यशैया 45:7
5
यशैया 45:22
“मतिर फर्क, र उद्धार पाओ, हे पृथ्वीका सबै पल्लो छेउका हो, किनकि म परमेश्वर हुँ र अरू कोही छैन।
अन्वेषण गर्नुहोस् यशैया 45:22
6
यशैया 45:1
“परमप्रभुले आफ्नो अभिषिक्त कोरेसलाई यही भन्नुहुन्छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्याउन, त्यसको सामुन्ने ढोकाहरू खोल्न, र मूल ढोकाहरू बन्द हुन नदिन म त्यसको दाहिने हात समात्छु
अन्वेषण गर्नुहोस् यशैया 45:1
7
यशैया 45:23
मैले आफ्नो जीवनको शपथ खाएको छु, सारा ईमानदारीमा मेरो मुखबाट एउटा वचन उच्चारण गरिएको छ, जो फेरि फिर्ता लिइनेछैन। हरेक घुँड़ा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।
अन्वेषण गर्नुहोस् यशैया 45:23
8
यशैया 45:4
मेरो दास याकूब, मेरो चुनिएको इस्राएलको खातिर मैले तँलाई तेरो नाउँ काढ़ेर बोलाएको हुँ। तैंले मलाई स्वीकार नगरेको भए तापनि मैले तँलाई सम्मानको पद दिएको छु।
अन्वेषण गर्नुहोस् यशैया 45:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू