केवल, तँ, परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा बागी भइस्,
र हरेक झ्याम्म परेको रूखमुनि पराई देवताहरूलाई तेरो निगाह देखाइस्, र तैंले मेरो आज्ञापालन गरिनस् भनी आफ्नो दोष स्वीकार गर्’,” परमप्रभु भन्नुहुन्छ।
“फर्क, अविश्वासी प्रजा हो,” परमप्रभु भन्नुहुन्छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्नेछु र तिमीहरूलाई सियोनमा ल्याउनेछु।