सूर्य र चन्द्र अँध्यारा हुनेछन् र ताराहरूले आफ्नो चमक दिनेछैनन्। परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट उहाँले आफ्नो उच्च सोर सुनाउनुहुनेछ। आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान, इस्राएलका मानिसहरूका निम्ति गढ़ हुनुहुनेछ।