1
मत्ती 13:23
नेपाली नयाँ संशोधित संस्करण
तर असल जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, र बुझ्दछ, र साँच्चै फल फलाउँछ। त्यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 13:23
2
मत्ती 13:22
काँढ़ाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ।
अन्वेषण गर्नुहोस् मत्ती 13:22
3
मत्ती 13:19
जब कसैले राज्यको वचन सुन्छ, र सो बुझ्दैन, तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्छ। बाटोतिर छरिएको बीउचाहिँ त्यही हो।
अन्वेषण गर्नुहोस् मत्ती 13:19
4
मत्ती 13:20-21
ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो स्वीकार गर्दछ। तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेर मात्र टिक्छ, र वचनको कारणले कष्ट कि सतावट परिआउने बित्तिकै त्यो पछि हट्छ।
अन्वेषण गर्नुहोस् मत्ती 13:20-21
5
मत्ती 13:44
“स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ।
अन्वेषण गर्नुहोस् मत्ती 13:44
6
मत्ती 13:8
अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
अन्वेषण गर्नुहोस् मत्ती 13:8
7
मत्ती 13:30
फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।”
अन्वेषण गर्नुहोस् मत्ती 13:30
होम
बाइबल
योजनाहरू
भिडियोहरू