दाऊदले अबीशै र आफ्ना सबै भारदारहरूलाई भने, “मेरै छोराले मलाई मार्न खोज्दै छ। यस बेन्यामीनीले जे गर्दै छ, त्यसमा किन तिमीहरू छक्क पर्छौ? परमप्रभुले त्यसलाई सराप्ने आदेश दिनुभएको छ। त्यसलाई छोडिदेऊ र सराप्न देऊ। सायद परमप्रभुले मेरो कष्ट हेर्नुहुनेछ र त्यसको सरापको सट्टामा केही आशिष् मलाई दिनुहुनेछ।”