दानियलले भने,
“परमेश्वरको नाउँको सदा-सर्वदा प्रशंसा गर!
शक्ति र ज्ञान उहाँमा हुन्छ।
उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ,
उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ।
उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ।
उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ,
र उहाँले नै खोस्नुहुन्छ।
उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन्,
उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ,
अनि मानिसहरू ज्ञानी हुन्छन्।
उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ।
उहाँले जान्नु हुन्छ अन्धकारमा के छ?
अनि ज्योति उहाँसँगै छ।