1
उपदेशकको पुस्तक 3:1
पवित्र बाइबल
प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 3:1
2
उपदेशकको पुस्तक 3:2-3
जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ। त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय छ, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 3:2-3
3
उपदेशकको पुस्तक 3:4-5
कराउने र रूने एउटा समय हुन्छ, अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ, र नाच्ने र गाउने एउटा समय हुन्छ। एक समय हुन्छ ढुङ्गा फ्याँक्ने, एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ, त्यसै छोडिदिने एउटा समय हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 3:4-5
4
उपदेशकको पुस्तक 3:7-8
त्यहाँ लुगा च्यात्ने एउटा समय छ, र लुगा सिलाउने एउटा समय। त्यहाँ चुपचाप रहने एउटा समय छ, बोल्ने एउटा समय छ। एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा़ गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 3:7-8
5
उपदेशकको पुस्तक 3:6
कुनै चीज खोज्ने एक समय हुन्छ, हराओस् भन्ने एकसमय हुन्छ, कतै फालि दिने एक समय हुन्छ, र राख्ने एक समय हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 3:6
6
उपदेशकको पुस्तक 3:14
म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 3:14
7
उपदेशकको पुस्तक 3:17
यसकारण मैले आफ्नो मनमा भनें, “त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।”
अन्वेषण गर्नुहोस् उपदेशकको पुस्तक 3:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू