यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोड्नु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै फर्कनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ। त्यसबेला, हामीलाई बप्तिस्माहरू, मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतकको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढ़नु पर्छ।