‘परमप्रभुले मेरो पीडा सहित मलाई दु:ख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिनँ।’ यर्मिया, बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’