1
भजनसंग्रह 143:10
पवित्र बाइबल
तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:10
2
भजनसंग्रह 143:8
परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु, मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्। तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:8
3
भजनसंग्रह 143:9
हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:9
4
भजनसंग्रह 143:11
हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्, यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्। तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्, अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:11
5
भजनसंग्रह 143:1
हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:1
6
भजनसंग्रह 143:7
परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्। मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:7
7
भजनसंग्रह 143:5
तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु, जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 143:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू