1
एफिसी 6:12
नेपाली समकालीन संस्करण
किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्टताका आत्मिकी सेनाहरूका विरुद्ध हो।
तुलना
अन्वेषण गर्नुहोस् एफिसी 6:12
2
एफिसी 6:18
अनि सब अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्विन्तीसहित आत्मामा प्रार्थना गर। यी कुरालाई सम्झदै मनमा सचेत भएर प्रभुका सबै सन्तहरूका निम्ति सधैं प्रार्थना गर।
अन्वेषण गर्नुहोस् एफिसी 6:18
3
एफिसी 6:11
परमेश्वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक।
अन्वेषण गर्नुहोस् एफिसी 6:11
4
एफिसी 6:13
यसकारण परमेश्वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ।
अन्वेषण गर्नुहोस् एफिसी 6:13
5
एफिसी 6:16-17
यी सबै कुराबाहेक विश्वासको ढाल हातमा उठाओ, जसद्वारा तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। शिरमा मुक्तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
अन्वेषण गर्नुहोस् एफिसी 6:16-17
6
एफिसी 6:14-15
यसकारण कम्मरमा सत्यताको पेटीले बाँधेर, धार्मिकताको छाती-पाता लगाएर खडा होऊ; अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ।
अन्वेषण गर्नुहोस् एफिसी 6:14-15
7
एफिसी 6:10
अन्त्यमा प्रभुमा र उहाँको शक्तिशाली सामर्थ्यमा बलिया होओ।
अन्वेषण गर्नुहोस् एफिसी 6:10
8
एफिसी 6:2-3
“आफ्ना बुबा र आमाको आदर गर”—यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, “ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।”
अन्वेषण गर्नुहोस् एफिसी 6:2-3
9
एफिसी 6:1
हे छोराछोरीहरूहो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ।
अन्वेषण गर्नुहोस् एफिसी 6:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू