1
हिब्रूहरू 1:3
नेपाली समकालीन संस्करण
पुत्रचाहिँ परमेश्वरको महिमाको चमक अनि उहाँ परमेश्वर स्वयम्कै दुरुस्त प्रतिरूप हुनुहुन्छ, जसले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूको लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभएपछि उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो।
तुलना
अन्वेषण गर्नुहोस् हिब्रूहरू 1:3
2
हिब्रूहरू 1:1-2
बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग अलि-अलि गर्दै विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो, तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ, जसलाई उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभयो, र जसद्वारा उहाँले समस्त विश्वलाई बनाउनुभयो।
अन्वेषण गर्नुहोस् हिब्रूहरू 1:1-2
3
हिब्रूहरू 1:14
तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन्?
अन्वेषण गर्नुहोस् हिब्रूहरू 1:14
4
हिब्रूहरू 1:10-11
उहाँ यसो पनि भन्नुहुन्छ, “हे प्रभु, आदिमा तपाईंले पृथ्वीका जगहरू बसाल्नुभयो, र आकाश तपाईंका हातका काम हुन्। तिनीहरू नष्ट हुनेछन्, तर तपाईं रहिरहनुहुन्छ, तिनीहरू वस्त्रझैं पुराना भइजानेछन्।
अन्वेषण गर्नुहोस् हिब्रूहरू 1:10-11
होम
बाइबल
योजनाहरू
भिडियोहरू