1
यशैया 38:5
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“जा, र हिजकियालाई भन्, ‘याहवेह तेरा पुर्खा दावीदका परमेश्वर यसो भन्नुहुन्छ: मैले तेरो प्रार्थना सुनेको छु, र तेरो आँसु देखेको छु; म तेरो आयुमा अरू पन्ध्र वर्ष थपिदिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 38:5
2
यशैया 38:3
“हे याहवेह, म तपाईंको सामु कसरी विश्वासयोग्यतामा र सम्पूर्ण हृदयको भक्तिमा हिँडेको छु, र मैले तपाईंको दृष्टिमा जे ठिक छ, त्यही गरेको कुरालाई सम्झनुहोस्।” अनि हिजकिया धुरुधुरु रोए।
अन्वेषण गर्नुहोस् यशैया 38:3
3
यशैया 38:17
निश्चय मेरै शान्तिको निम्ति मैले यस्तो वेदना खप्नुपर्यो। तपाईंले आफ्नो प्रेममा मलाई सर्वनाशको खाडलबाट अलग राख्नुभयो; किनकि तपाईंले मेरा सबै पापलाई आफ्नो पिठिउँपछाडि फ्याँकिदिनुभयो।
अन्वेषण गर्नुहोस् यशैया 38:17
4
यशैया 38:1
ती दिनहरूमा हिजकिया बिरामी भएर मृत्युको मुखैमा पुगे।आमोजका छोरा अगमवक्ता यशैयाले तिनीकहाँ गएर भने, “याहवेह यसो भन्नुहुन्छ: आफ्ना घरानालाई ठिक राख्; किनकि तँ मर्नेछस्; तँ निको हुनेछैनस्।”
अन्वेषण गर्नुहोस् यशैया 38:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू