1
यशैया 62:4
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्नेछैनन्, न त तेरो देशलाई उजाड भन्नेछन्। तर तँलाई हेप्सीबा, र तेरो देशलाई ब्युलाह भनिनेछ; किनकि याहवेह तँसित प्रसन्न हुनुहुनेछ, र तेरो देशलाई विवाह गरिनेछ।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 62:4
2
यशैया 62:6-7
हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु; तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्न पाउनेछैनन्। हे याहवेहलाई पुकार्नेहरू हो, आफूलाई विश्राम नदेओ; उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ।
अन्वेषण गर्नुहोस् यशैया 62:6-7
3
यशैया 62:3
तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, र आफ्नो परमेश्वरको हातमा राजकीय शिरपेच हुनेछस्।
अन्वेषण गर्नुहोस् यशैया 62:3
4
यशैया 62:5
जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा निर्माणकर्ताले तँलाई विवाह गर्नुहुनेछ; जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ, त्यसरी नै तेरा परमेश्वर तँसित रमाउनुहुनेछ।
अन्वेषण गर्नुहोस् यशैया 62:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू