1
न्यायकर्ता 16:20
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तब त्यसले बोलाई “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी आफ्नो निद्राबाट बिउँझेँ, र पहिलेझैँ बाहिर गएर आफूलाई स्वतन्त्र तुल्याउनेछु भनी सम्झे। तर आफूलाई याहवेहले त्यागिसक्नुभएको छ भनी उनलाई थाहै भएन।
तुलना
अन्वेषण गर्नुहोस् न्यायकर्ता 16:20
2
न्यायकर्ता 16:28
तब शिमशोनले याहवेहसित प्रार्थना गरे, “हे प्रभु याहवेह, मलाई सम्झनुहोस्! हे परमेश्वर, मलाई एकै पल्ट मात्र सामर्थी तुल्याउनुहोस्! मेरा आँखाहरूका निम्ति पलिश्तीहरूलाई एकै प्रहारमा बदला लिन दिनुहोस्।”
अन्वेषण गर्नुहोस् न्यायकर्ता 16:28
3
न्यायकर्ता 16:17
यसकारण उनले सबै कुरा भनिदिए। उनले भने, “मेरो शिरमा कहिल्यै छुरा परेको छैन; किनकि म आमाको गर्भदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एउटा नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो शक्ति मबाट गइहाल्नेछ, र म अरू मानिसझैँ कमजोर हुनेछु।”
अन्वेषण गर्नुहोस् न्यायकर्ता 16:17
4
न्यायकर्ता 16:16
यस्तो कचकचले दिनदिनै वाक्क पार्दा उनलाई दिक्क लाग्यो।
अन्वेषण गर्नुहोस् न्यायकर्ता 16:16
5
न्यायकर्ता 16:30
अनि उनले भने, “मलाई पलिश्तीहरूसितै मर्न दिनुहोस्!” तब शिमशोनले आफ्नो पूरा शक्ति लगाएर ठेले, र मन्दिर ती शासकहरू र त्यसमा भएका मानिसहरूमाथि ढल्यो। यसरी उनले आफू बाँचेको समयको भन्दा झन् धेरै मानिसहरूलाई मारे।
अन्वेषण गर्नुहोस् न्यायकर्ता 16:30
होम
बाइबल
योजनाहरू
भिडियोहरू