“धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ,
जसको भरोसा उहाँमाथि हुन्छ।
तिनीहरू पानीको छेउमा रोपिएको रूखजस्तै हुनेछन्,
जसका जराहरू खोलासम्म फैलिएका हुन्छन्।
गर्मीका दिनहरू आउँदा पनि त्यसलाई डर हुँदैन;
त्यसका पातहरू सधैँभरि हरिया रहन्छन्।
खडेरीको वर्षमा त्यसलाई कुनै फिक्री हुँदैन,
र त्यसले फल फलाउन कहिल्यै छोड्दैन।”