1
यर्मिया 18:6
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
उहाँले भन्नुभयो, “हे इस्राएलको घराना, यस कुमालेले माटोलाई गरेझैँ के म तँलाई गर्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “सुन्, कुमालेको हातमा भएको माटोझैँ तँ इस्राएल पनि मेरो हातमा छस्; मलाई जे गर्न मन लाग्छ, तँसँग त्यस्तै गर्न सक्छु।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 18:6
2
यर्मिया 18:7-8
यदि कुनै समयमा मैले कुनै राष्ट्र अथवा राज्यलाई उखेलिदिन्छु; पतन र नाश गरिदिन्छु भनी घोषणा गरुँला, तर यदि मैले चेतावनी दिएको त्यो राष्ट्रले आफ्नो दुष्ट कामबाट पश्चात्ताप गर्यो भने म मेरो मन बदल्नेछु र मैले त्यसमाथि विचार गरेको विपत्ति ल्याउनेछैनँ।
अन्वेषण गर्नुहोस् यर्मिया 18:7-8
3
यर्मिया 18:9-10
अनि अर्को समयमा कुनै राष्ट्र अथवा राज्यलाई पुनर्निर्माण र पुनर्स्थापित हुनेछ भनेर मैले घोषणा गरुँला, तर यदि त्यस राष्ट्रले मेरो दृष्टिमा दुष्टता गर्छ र मेरो आज्ञापालन गर्दैन भने, तब मैले त्यसका निम्ति भलाइ गर्न चाहेको योजनामा म पुनर्विचार गर्नेछु।
अन्वेषण गर्नुहोस् यर्मिया 18:9-10
होम
बाइबल
योजनाहरू
भिडियोहरू