1
विलाप 1:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
एक समय मानिसले भरिएको त्यो सहर, अहिले कस्तो सुनसान भएको छ! त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई, अहिले त्यो विधवाजस्ती भएकी छे! प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई, अहिले दासत्वमा परेकी छे।
तुलना
अन्वेषण गर्नुहोस् विलाप 1:1
2
विलाप 1:2
रातभरि त्यो धुरुधुरु रुन्छे; त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका सबै प्रेमीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका सबै साथीहरूले त्यसलाई विश्वासघात गरेका छन्; तिनीहरू सबै त्यसका शत्रु भएका छन्।
अन्वेषण गर्नुहोस् विलाप 1:2
3
विलाप 1:20
“हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्टमा छु! मेरो प्राण मभित्र पीडामा मडारिन्छ, र मेरो हृदय व्याकुल छ; किनकि म अति विद्रोही भएको छु। घरबाहिर तरवार नष्ट गर्नमा सक्रिय छ भने, घरभित्र पनि मृत्यु मात्र छ।
अन्वेषण गर्नुहोस् विलाप 1:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू