त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्त गर्छ,
र जसले समझशक्ति प्राप्त गर्छ,
किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ,
र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ।
बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ,
तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन।