1
यूहन्ना 3:16
नेपाली समकालीन संस्करण
किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानको लागि दिनुभयो; उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
तुलना
अन्वेषण गर्नुहोस् यूहन्ना 3:16
2
यूहन्ना 3:17
किनकि परमेश्वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो।
अन्वेषण गर्नुहोस् यूहन्ना 3:17
3
यूहन्ना 3:3
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन।”
अन्वेषण गर्नुहोस् यूहन्ना 3:3
4
यूहन्ना 3:18
जसले उहाँमाथि विश्वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो अघिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्वरका अद्वितीय पुत्रको नाउँमा विश्वास गरेको छैन।
अन्वेषण गर्नुहोस् यूहन्ना 3:18
5
यूहन्ना 3:19
फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए; किनकि तिनीहरूका कामहरू खराब थिए।
अन्वेषण गर्नुहोस् यूहन्ना 3:19
6
यूहन्ना 3:30
उहाँ बढ्नु, तर मचाहिँ घट्नु आवश्यक छ।
अन्वेषण गर्नुहोस् यूहन्ना 3:30
7
यूहन्ना 3:20
हरेक जसले दुष्ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ, र त्यसका कामहरू प्रकट होलान् भन्ने डरले त्यो ज्योतिमा आउँदैन।
अन्वेषण गर्नुहोस् यूहन्ना 3:20
8
यूहन्ना 3:36
जसले पुत्रमाथि विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ; तर जसले पुत्रलाई इन्कार गर्दछ, त्यसले जीवन देख्नेछैन, किनकि परमेश्वरको क्रोध त्यसमा रहन्छ।”
अन्वेषण गर्नुहोस् यूहन्ना 3:36
9
यूहन्ना 3:14
जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनैपर्छ
अन्वेषण गर्नुहोस् यूहन्ना 3:14
10
यूहन्ना 3:35
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र सबै थोक उहाँकै हातमा राखिदिनुभएको छ।
अन्वेषण गर्नुहोस् यूहन्ना 3:35
होम
बाइबल
योजनाहरू
भिडियोहरू