१ शमूएल 31
31
गिल्बो डाँडामा इस्राएलीहरूको हार र शाऊलको मृत्यु
1पलिश्तीहरूले इस्राएलको विरुद्धमा लड़ाइँ गरे, र इस्राएलीहरू पराजित भए, र गिल्बो डाँड़ामा आफ्ना लाशहरूलाई छोड़ेर भागे। #१ इति १०:१-१२ 2पलिश्तीहरूले शाऊल र उनका छोराहरूलाई खूब खेदे, र उनका तीन जना छोराहरू, जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे। 3शाऊलका चारैतिर लड़ाइँ मच्चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्त घायल बनाए।
4तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्, र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।”
तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे। 5जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्यो। 6यसरी उनीहरू सबै त्यही दिन एकसाथ मरे— शाऊल, उनका तीन भाइ छोराहरू, उनका हतियार बोक्ने र उनका मानिसहरू पनि।
7बेँसीमा भएका र यर्दन पारिका सबै इस्राएलीहरूले अरू इस्राएलीहरूलाई भागेका तथा शाऊल र उनका छोराहरू खतम भएका जब देखे, तब तिनीहरू आ-आफ्ना सहरहरू छोड़ेर भागे, र पलिश्तीहरू त्यहाँ गएर ती सहरहरूलाई कब्जा गरे।
8अर्को दिन जब पलिश्तीहरू मरेकाहरूका लूट बटुल्नलाई आए तब उनीहरूले गिल्बो डाँड़ामा शाऊल र उनका तीन छोराहरूलाई मरेका भेट्टाए। 9उनीहरूले शाऊलको टाउको काटे, र उनका हतियारहरू लगे। त्यसपछि उनीहरूले आफ्नो देशको चारैतिर यो शुभ समाचार देवताहरूको मन्दिरमा र मानिसहरू सबैलाई सुनाउन भनी समाचारवाचकहरू पठाए। 10उनीहरूले शाऊलका हतियारहरू अश्तोरेत देवीहरूका मन्दिरमा राखे, र उनका मृत-शरीर बेथ-शानको पर्खालमा कीला ठोकेर झुण्ड्याए।
11पलिश्तीहरूले शाऊलको मृत-शरीरलाई जे गरेका थिए त्यो जब याबेश-गिलादका मानिसहरूले सुने, 12तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्याए, र ती लाशहरूलाई जलाइदिए। 13त्यसपछि तिनीहरूले ती हड्डीहरू निकालेर याबेशको झ्याउको बोटमुनि गाड़े, र सात दिनसम्म तिनीहरू उपवास बसे।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 31: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: