१ तिमोथी 3
3
बिशप र डिकनहरू
1यो भनाइ विश्वासयोग्य छ, यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ। 2यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्,#तीत १:६-९ 3मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने, 4आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्। 5यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैन भने, तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ र? 6तिनी नयाँ विश्वासी नहोऊन्, नत्रता घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन्। 7फेरि, बाहिरकाहरूका दृष्टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्दा र दियाबलसको पासोमा पर्नेछन्।
8त्यसै गरी डिकनहरू पनि गम्भीर हुनुपर्छ, दुई-जिब्रे होइन, बढ़ी मद्य पिउने र धनको लोभी होइन, 9तर तिनीहरू विश्वासको रहस्य शुद्ध विवेकमा कायम राख्ने हुनुपर्छ। 10पहिले तिनीहरूको जाँच पनि होस्। त्यसपछि तिनीहरूले आफैलाई दोषरहित प्रमाणित गर्न सके भने तिनीहरूले डिकनको सेवा गरून्।
11स्त्रीहरू पनि यहीबमोजिम गम्भीर, अर्काको बदख्वाइँ नगर्ने, तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ।
12डिकन एउटै पत्नीका पति होऊन्। आफ्ना छोरा-छोरीहरू र आफ्नो घरको प्रबन्ध राम्ररी मिलाउन सक्ने होऊन्। 13किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन् तिनीहरूले आ-आफ्ना निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्।
14तिमीकहाँ चाँड़ै आउने आशा राखेको छु, तर म यो तिमीलाई लेख्तछु, 15ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आड़ हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख। 16हामी स्वीकार गर्दछौं, कि हाम्रो विश्वासको रहस्य अति महान् छ:
उहाँ स्वयम् शरीरमा प्रकट हुनुभयो,
पवित्र आत्माद्वारा धर्मी ठहरिनुभयो,
स्वर्गदूतहरूबाट देखिनुभयो,
जाति-जातिहरूका माझमा प्रचारिनुभयो,
संसारमा विश्वास गरिनुभयो,
महिमामा माथि उचालिनुभयो।
अहिले सेलेक्ट गरिएको:
१ तिमोथी 3: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: