१ तिमोथी पुस्तक परिचय
पुस्तक परिचय
तिमोथी लुस्त्रा भन्ने सहरका एक जना जवान मानिस थिए। (लुस्त्रा अहिलेको टर्कीको दक्षिण भागमा पर्थ्यो।) तिनी पावल प्रेरितका प्रिय साथी र सहयोगी थिए। (प्रेरित १६:१-४)। तिनी पावलका सबभन्दा घनिष्ठ चेला थिए, र पावल तिनलाई “विश्वासमा मेरो साँचो बालक” भन्थे (१ तिमोथी १:२)।
प्रेरितहरूका काम भन्ने पुस्तकमा बताइएका घटनाहरू भइसकेपछि मात्र पावलले तिमोथी र तीतसलाई यी पत्रहरू लेखेका थिए भन्ने बाइबलका धेरैजसो विद्वानहरूको विचार छ। यी विद्वानहरू भन्छन् कि रोममा दुई वर्षसम्म आफ्नै डेरामा कैदी भएर बसेपछि (प्रेरित २८:१६,३०), पावलले एक-दुई वर्षका लागि छुटकारा पाए र अझै प्रचार गर्न विभिन्न ठाउँमा घुमे। यो पत्र लगभग ईस्वी सम्बत् ६३-६५ मा लेखिएको थियो।
त्यो बेला पावल बूढा भइसकेका हुनाले आफ्नो प्रेरितको अधिकार अब तिमोथी र तीतसजस्तै नयाँ अगुवाहरूलाई दिनु पर्छ भन्ने कुरा तिनलाई थाहा थियो। यो पत्र लेख्नुभन्दा पहिले पावलले तिमोथीलाई एफिससमा त्यहाँको ख्रीष्टियान मण्डलीमा अगुवाइ गर्न पठाएका थिए (१ तिमोथी १:३)। तिमोथीलाई अगुवा हुनलाई उत्साह, अर्ती र आदेशहरू दिन पावलले यो पहिलो पत्र लेखिपठाएका हुन्। त्यसैकारण पावलको पालादेखि अहिलेसम्म मण्डलीका अगुवाहरू र तिनीहरूको अधिकारमुनि बस्नेहरू सबैका लागि यो पत्र अति महत्वपूर्ण हुँदैआएको छ। तिमोथी र तीतसका पत्रहरूलाई पाष्टरका पत्र भन्ने चलन पनि छ।
पावलको जीवनको विषयमा अझ बुझ्नलाई रोमीहरूलाई पावलको पत्रको परिचय हेर्नुहोस्।
अहिले सेलेक्ट गरिएको:
१ तिमोथी पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: