२ राजाहरू 24
24
1यहोयाकीमको राजकालमा बेबिलोनका राजा नबूकदनेसरले देशलाई आक्रमण गरे, र तीन वर्षसम्म यहोयाकीम उनका अधीनमा रहे। तर तीन वर्षपछि तिनले आफ्नो मन बद्लेर नबूकदनेसरको विरोधमा विद्रोह गरे। #यर २५:१-३८; दान १:१-२ 2परमप्रभुले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्मोनीहरूका लूटपीट गर्ने दलहरू पठाउनुभयो। परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा अगमवाणी गरेअनुसार यहूदालाई नाश गर्न उनीहरूलाई पठाउनुभयो। 3मनश्शेले गरेका पापहरू र तिनले गरेका सबै काम अनि तिनले निर्दोषी रगत बगाएको कारणले तिनीहरूलाई आफ्नो सामुबाट निकालिदिने परमप्रभुको अभिप्राय पूरा हुन निश्चय नै परमप्रभुको आज्ञाअनुसार यी सबै यहूदामाथि हुन आए। 4किनकि मनश्शेले निर्दोषी रगतले यरूशलेमलाई भरिदिएका थिए, र परमप्रभुले क्षमा गर्न चाहनुभएन।
5यहोयाकीमको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 6यहोयाकीम आफ्ना पित्रहरूसित सुते, र तिनीपछि तिनका छोरा यहोयाकीन राजा भए।
7मिश्रदेशका राजा उनको आफ्नै देश छोड़ेर फेरि आएनन्, किनभने बेबिलोनका राजाले मिश्रको खोलादेखि लिएर यूफ्रेटिस नदीसम्म उनका सबै इलाकाहरू उनीबाट लिएका थिए।
यहूदाका राजा यहोयाकीन
8जब यहोयाकीन राजा भए तब तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे। तिनकी आमाको नाउँ एल्नातानकी छोरी नहूश्ता थियो। तिनी यरूशलेमकी थिइन्। #२ इति ३६:९-१० 9आफ्ना पिताले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।
10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरू यरूशलेमतिर बढ़ेर त्यस सहरलाई घेरा हाले, 11अनि आफ्ना अधिकृतहरूले त्यसलाई घेरा हालिरहेको बेलामा नबूकदनेसर स्वयम् सहरमा आइपुगे। 12यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका टहलुवाहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले आफू-आफूलाई उनको हातमा सुम्पिदिए। #यर २२:२४-३०; २४:१-१०; २९:१-२
बेबिलोनका राजाले आफ्नो शासनको आठौँ वर्षमा यहोयाकीनलाई कैद गरे। 13परमप्रभुले घोषणा गर्नुभएझैँ परमप्रभुको मन्दिरका र राजमहलका भण्डारहरूका सबै थोकहरू उनले हटाए, र परमप्रभुका मन्दिरको निम्ति इस्राएलका राजा सोलोमनले बनाएका सुनका सबै सामानहरू लगे। 14उनले जम्मै यरूशलेमलाई निर्वासनमा लगे— जम्मै अधिकृतहरू र योद्धाहरू र सबै कारीगरहरू र कलाकारहरूलाई— सबै जम्मा दश हजार जनालाई कैद गरेर लगे। केवल साह्रै कङ्गालीहरूलाई मात्र उनले छोड़े।
15नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। उनले यरूशलेमबाट राजमाता, तिनका पत्नीहरू, तिनका अधिकारीहरू र देशका अग्रगण्य मानिसहरूलाई यरूशलेमबाट बेबिलोनमा लगे। #इज १७:१२ 16बेबिलोनका राजाले सात हजार बलिया र लड़ाइँको निम्ति सुयोग्य योद्धाहरू र एक हजार कारीगर र कलाकारहरूलाई पनि बेबिलोनमा निर्वासन गरेर लगे। 17उनले यहोयाकीनका काका मत्तन्याहलाई तिनको सट्टामा राजा तुल्याए, र तिनको नाउँ सिदकियाह राखे। #यर ३७:१; इज १७:१३
यहूदाका राजा सिदकियाह
18जब सिदकियाह राजा भए तब तिनी एक्काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्नाकी थिइन्। #यर २७:१-२२; २८:१-१७ #२ इति ३६:११-१२; यर ५२:१-३ 19तिनले यहोयाकीमले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। 20परमप्रभुको क्रोधले गर्दा यी सबै यरूशलेम र यहूदालाई हुन आए। आखिरमा उहाँले तिनीहरूलाई आफ्नो दृष्टिबाट निकालिदिनुभयो। #इज १७:१५
तब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।
अहिले सेलेक्ट गरिएको:
२ राजाहरू 24: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: