तब राजाले घोड़ाहरू र रथहरू भएको एउटा शक्तिशाली फौज त्यहाँ पठाए। उनीहरू राती गएर त्यस सहरलाई घेरे। जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौं?” ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।” तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्।” तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्निमय घोड़ाहरू र रथहरूले भरिएका देख्यो। जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्धा पारिदिनुहोस्।” एलीशाले बिन्ती गरेझैँ उहाँले उनीहरूलाई अन्धा पारिदिनुभयो।
२ राजाहरू 6 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 6:14-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू