प्रेरित 13
13
पावलको पहिलो प्रचार-यात्रा
1एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए। 2तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, “मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” 3तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर उनीहरूलाई बिदा दिए।
4तब पवित्र आत्माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए। 5सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्ना तिनीहरूसँग थिए।
6जब तिनीहरू समस्त टापूको यात्रा गर्दै पाफोससम्म आइपुगे, तब त्यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्ने एक जना जादूगरलाई भेट्टाए। 7त्यो जादूगर एउटा प्रान्तका शासक सर्गियस पौलससँग बस्तथियो। सर्गियस पौलस बुद्धिमान् मानिस थिए। तिनले शाऊल र बारनाबासलाई बोलाएर परमेश्वरको वचन सुन्ने इच्छा गरे। 8तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्यो। 9तर शाऊलले, जसलाई पावल#13:9 ग्रीक भाषामा: पौलस पनि भनिन्छ, पवित्र आत्माले भरिएर त्यसमाथि एकटक लाएर हेरे, 10“तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्पूर्ण छल र दुष्टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्ग्याउन छोड्दैनस्? 11अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अब केही समयसम्म घामको प्रकाश नदेख्ने भई अन्धो हुनेछस्।”
अनि उत्तिखेरै कुइरो र अन्धकारले त्यसलाई छोप्यो, र कसैले त्यसको हात पक्रेर डोर्याइदेला कि भनेर त्यो यताउता जान लाग्यो। 12तब प्रान्तका ती शासकले यो भएको देखेर विश्वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्क परेका थिए।
पिसिदियाको एन्टिओखियामा
13पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढ़ी पामफिलियाको पर्गामा पुगे, र यूहन्नाचाहिँ तिनीहरूबाट छुट्टिएर यरूशलेम फर्के। 14तर तिनीहरू पर्गाबाट निस्केर पिसिदियाको एन्टिओखियामा आए, र शबाथमा#13:14 यहूदीहरूको विश्राम-दिनमा सभाघरभित्र गएर बसे। 15अब व्यवस्था र अगमवक्ताका पुस्तकको पाठ पढ़ेपछि सभाघरका शासकहरूले तिनीहरूकहाँ यसो भनी पठाए, “ए भाइ हो, तपाईंहरूसित मानिसहरूका निम्ति अर्तीको वचन केही छ भने भन्नुहोस्।”
16तब खड़ा भएर पावलले हातले इशारा गरी भने, “हे इस्राएलका मानिस र परमेश्वरको डर मान्ने हो, सुन्नुहोस्, 17इस्राएल जातिका परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई चुनिकन मिश्रदेशमा रहँदा तिनीहरूलाई महान् तुल्याउनुभयो, र उहाँको शक्तिशाली बाहुलीले तिनीहरूलाई त्यस देशबाट निकाली ल्याउनुभयो। #प्रस १:७; १२:५१ 18उजाड-स्थानमा प्राय: चालीस वर्षसम्म उहाँले तिनीहरूको हेरचाह गर्नुभयो। #गन्ती १४:३४; व्य १:३१ 19तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्म तिनीहरूलाई दिनुभयो। #व्य ७:१; यहो १४:१
20“यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्म उहाँले न्यायकर्ताहरू दिनुभयो। #न्याय २:१६; १ शमू ३:२० 21त्यसपछि तिनीहरूले राजा मागे, र परमेश्वरले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्म तिनीहरूमाथि राज्य गर्न दिनुभयो। #१ शमू ८:५; १०:२१ 22उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्वरले गवाही दिएर भन्नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्छे पाएँ, जसले मेरा सबै इच्छा पूरा गर्नेछ।’ #१ शमू १३:१४; १६:१२; भज ८९:२०
23“यही मानिसको भावी सन्तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्याउनुभयो। 24उहाँ आउनभन्दा अघि यूहन्नाले इस्राएलका सबै मानिसलाई पश्चात्तापका बप्तिस्माको प्रचार गरेका थिए। #मर्क १:४; लूक ३:३ 25यूहन्नाले आफ्नो कार्य समाप्त गर्न लाग्दा भनेका थिए, ‘तिमीहरू के ठान्छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्म पनि फुकाल्ने लायकको म छैनँ।’#मत्ती ३:११; मर्क १:७; लूक ३:१६; यूह १:२०,२७
26“ए, अब्राहामका वंशको सन्तान, र तिमीहरूमध्ये परमेश्वरको डर मान्ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्देश पठाइएको छ। 27किनभने यरूशलेमका बासिन्दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्डको आज्ञा दिई ती वचन पूरा गरे। 28ज्यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्ती गरे,#मत्ती २७:२२-२३; मर्क १५:१३-१४; लूक २३:२१-२३; यूह १९:१५ 29र उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरेपछि तिनीहरूले उहाँलाई काठबाट झारेर चिहानमा राखे।#मत्ती २७:५७-६१; मर्क १५:४२-४७; लूक २३:५०-५६; यूह १९:३८-४२ 30तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। 31आफूसँग गालीलबाट यरूशलेममा आउनेहरूकहाँ उहाँ धेरै दिनसम्म देखा परिरहनुभयो, र उनीहरू अहिले जनतामा उहाँका साक्षी छँदैछन्। #प्रे १:३
32“परमेश्वरले पिता-पुर्खालाई गर्नुभएको त्यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्याउँछौं। 33अर्थात्, कसरी परमेश्वरले येशूलाई जीवित पारी उठाएर त्यो कुरो हामी, तिनीहरूका सन्तानका निम्ति पूरा गरिदिनुभयो, जस्तो दोस्रो भजनमा पनि लेखिएको छ,#भज २:७
‘तिमी मेरा पुत्र हौ,
आजको दिन मैले तिमीलाई जन्माएको छु।’
34उहाँले ख्रीष्टलाई कहिले नसड्ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्नुभएको छ, #यशै ५५:३
‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’
35किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ,#भज १६:१०
‘तपाईंले आफ्ना पवित्र जनको शरीर सड्न दिनुहुनेछैन।’
36“किनकि उनको आफ्नै पुस्तामा परमेश्वरको उद्देश्यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो। 37तर जसलाई परमेश्वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन।
38“यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईंहरूलाई गरिएको छ। 39तपाईं विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्यवस्थाद्वारा तपाईंहरूका निम्ति सम्भव थिएन। 40यसकारण होशियार रहनुहोस्, नत्रता अगमवक्ताहरूका पुस्तकमा भनिएका यी कुरा तपाईंहरूमाथि आइपर्नेछन्:
41‘हे निन्दा गर्ने हो, हेर र आश्चर्य मान,#हब १:५
अनि नष्ट भइजाओ,
किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु,
यस्तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि
तिमीहरूले कहिल्यै विश्वास गर्नेछैनौ’।”
42पावल र बारनाबास सभाघरबाट निस्केर जान लाग्दा आउँदो शबाथमा पनि यी कुरा सुनाइदिनुहोस् भनी मानिसहरूले तिनीहरूलाई बिन्ती गरे। 43सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्दै उनीहरूलाई परमेश्वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।
44अर्को शबाथमा झण्डै सम्पूर्ण सहर परमेश्वरको वचन सुन्नलाई उल्टेर आयो। 45भीड़लाई देख्दा, यहूदीहरू डाहले भरिए र पावलले भनेका कुराको खण्डन गरे, र तिनको निन्दा गरे।
46तर पावल र बारनाबासले साहस गरेर भने, “परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई नै सुनाउनु आवश्यक थियो। तपाईंहरूले यसलाई इन्कार गरी आफैलाई अनन्त जीवनको अयोग्य ठहराउनुभएकोले हामी अब अन्यजातिहरूकहाँ जानेछौं।
47किनकि प्रभुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ,#यशै ४२:६; ४९:६
‘पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुर्याउन
मैले तिमीलाई अन्यजातिहरूका निम्ति
ज्योति हुन नियुक्त गरेको छु’।”
48जब अन्यजातिहरूले यी कुरा सुने, तिनीहरू खुशी भए, र परमेश्वरको वचनको प्रशंसा गरे, र अनन्त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्वास गरे।
49प्रभुको वचन सबै इलाकाभरि फैलियो। 50तर पावल र बारनाबासका विरुद्ध यहूदीहरूले भक्त र प्रतिष्ठित स्त्रीहरू र सहरका मुख्य-मुख्य मानिसहरूलाई उक्साए, र उनीहरूलाई आफ्नो साँधसिमाना बाहिर कटाइदिए। 51तर उनीहरूचाहिँ आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा टकटक्याएर, आइकोनियनमा आए।#मत्ती १०:१४; मर्क ६:११; लूक ९:५; १०:११ 52चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए।
अहिले सेलेक्ट गरिएको:
प्रेरित 13: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: