YouVersion लोगो
खोज आइकन

आमोस पुस्‍तक परिचय

पुस्‍तक परिचय
आमोस नाउँको अर्थ “बोझ बोक्‍ने” हो। यो भविष्‍यवक्ताले ७६०-७५३ ई.पू. मा इस्राएलको निम्ति भविष्‍यवाणी गरे। उनी पेशागत रूपमा भविष्‍यवक्ता थिएनन्, उनी तकोको गोठालाहरूमध्ये एक थिए (१:१)। तर यहूदाबाट गएर इस्राएलमा जसले भौतिक उन्‍नति र राजनैतिक उन्‍नतिको समयमा परमेश्‍वरलाई बिर्सेका थिए जसको विरूद्ध परमेश्‍वरको न्यायको सन्देश बोल्न विशेष बोलावट पाएका थिए।
इस्राएल विरुद्धमा इस्राएल अश्शूर देशको अधिनमा ७२२ ई.पू. मा आउनुभन्दा ४० वर्षअघि आमोसले भविष्‍यवाणी गरे। उनको यो भविष्‍यवाणी “धिक्‍कार तिनीहरूलाई, जो सियोनमा सुखसित रहन्छन्…” त्यति मनपर्दो सन्देश थिएन तर यो परमेश्‍वरको सन्देश थियो। अध्याय १-२ मा आठ पटकको वचनमा परमेश्‍वरको न्यायको घोषणा; अध्याय ३-६ मा तीन उपदेशहरूबाट न्यायको व्याख्या; अध्याय ७:१—९:१० सम्म पाँच वटा दर्शनहरूबाट न्यायको सचित्र र ९:११-१५ चार प्रतिज्ञाहरूबाट आशिष्‌को प्रतिज्ञा गरिएको पाउँछौं।

अहिले सेलेक्ट गरिएको:

आमोस पुस्‍तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्